अारपि उपाध्याय /नवलपरासी ,२९ पुस
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको १२ औं गाउँसभा पालिकाको सभाहलमा शुक्रबार सम्पन्न भएको छ।
सुस्ताका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षतामा आयोजित गाउँसभामा लुम्बिनी प्रदेश सभा सदस्य देवकर्ण कलवार (सन्तु) ले निर्वाचनको समयमा जनताको समक्ष गरिएको प्रतिबद्धता पूरा गर्नुपर्ने समय आएको बताउदै निर्वाचनको समयमा जुन दलबाट उम्मेदवारी गरिएता पनि निर्वाचन पछिको समय भनेको सम्पुर्ण नागरिक प्रती पुर्ण रुपमा इमान्दारीका साथ प्रस्तुत हुनुपर्ने जिकिर गर्नुभयो।
सो अवसरमा गाउँपालिका उपाध्यक्ष गितादेवी चौधरीले सुस्ता गाउँपालिकामा हालसम्म भएको विकास निर्माण कार्य जानकारी गराउदै पालिकाको भावी रणनीतिबारे प्रकाश पार्नुभयो।
कार्यक्रममा पालिका अध्यक्ष उपाध्यायले सुखी सुस्ता बासी समृद्ध सुस्ताको मुल नारालाई मुर्त रुप दिन सबै सरोकारवाला पक्ष एक भएर जानुपर्ने धारणा राख्नुभयो।

गाउँ सभामा जिल्ला समन्वय समितिका प्रमुख भगवती प्रसाद यादव पत्रकार श्याम बुचा मगर,सुस्ता वडा न.१ का अध्यक्ष अशोक कुमार चौधरी लगायतले सुझाव सहितको आफ्नो धारणा राख्नुभएको कार्यक्रम सञ्चालक समेत रहनु भएका योजना शाखाका विष्णुप्रसाद ढकालले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

