वीरगंज २९ गते
जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक बर्ष ०७९/०८० पुस मसान्तको एक महिनाको गरेको कामको विवरण सार्वजनिक गरेको छ।
पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जिल्ला प्रहरी कार्यालय पर्साको कार्यकक्षमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन।
प्रहरी उपरीक्षक कोमल शाहको अनुसार आर्थिक बर्ष ०७९/०८० पुस मसान्तमा प्रहरीले गरेको प्रगति विवरण यश प्रकारका छन्।
१) प्रहरीले भन्सार छली , चोरी निकासी पैठारी गरु ल्याएको खाघान्न, ईलेक्ट्रोनिक सामान , सवारीसाधन विभिन्न किसिमको कपडाहरु लगातका सामानहरु ६ करोड ८२ लाख ४ सय ५२ रुपैया बराबरको सम्बन्धित निकायलाई बुझाएको छ।
२) मोटरसाइकल चोरीको मुद्दा १२ वटा दर्ता गरि १६ वटा मोटरसाइकल सहित १३ जना नेपाली र ३ जना बिदेशी नागरिकलाई पक्राउ गरिएको हो।
३)विभिन्न मुद्दामा फरार रहेका ३५ जना अभियुक्त तथा ८ वटा प्रतिवादीलाई पक्राउ गरि ५ बर्ष ४ महिना ९ दिन कैद र ६ लाख ७५ हजार ५०० जरिवाना सहित सम्मानित जिल्ला अदालतमा बुझाएको छ।
४) लागू औषध सम्बन्धि २३ वटा मुद्दा दर्ता गरि ३३ पुरुष र १ महिला सहित गाँजा ३८४ केजी , चरेश १ केजी , हेरोईन २१ ग्राम , फेनारगन एम्पुल १३५ पिस, डाईजिल्याब १२८ , नुर्फिन १३९ एम्पुल , नाट्राभेट ट्याब्लेट १४९९ पिस, कोरेक्स १०० ml को ४४ बोतल र १० कठ्ठामा लगाएको गाँजा र २ कठ्ठाको अफिम नष्ट गरेको छ।
५) त्यसैगरि प्रहरीले कर्तव्य ज्यान ३, ज्यान मार्ने उधोग २,भवितब्य ज्यान २,ज्यान समबन्धि १ , झुणडीएर मृत्यु भएको ज्यान सम्बन्धि१, सवारी ज्यान १,सवारी अंगभंग १,लागू औषध २२,अपहरण तथा शाररिक बन्धक १,बैक तथा वित्तीय १,जबर्जस्ती करणी ६ , बाल यौन दुरुपयोग १,हातहतियार खरखजाना १,चोरी २१ ,कालो बजारी १,अभद्र व्यवहार ४४,ठगि तथा अपराधिक विश्वासघात ३,लिखित सम्बन्धि कसुर १ , निर्वाचन सम्बन्धि कसूर१,बैंकिङ कसूर १,कुटपिट अंगभंग १,मानव बेचबिखन तथा अोसार पोसार ३ गरि जम्मा १७० वटा मुद्दा दर्ता गरेको प्रहरी उपरीक्षक शाहले बताए।
६) तालिम प्राप्त कुकुर सहित संकित नाका तथा विभिन्न स्थानहरुमा चेकचाँज ।
७) अपराध अनुसन्धान तथा अपराध नियन्त्रणको लागि वीरगंज महानगरपालिका भित्र थप १२ वटा गरि जम्मा १०९ वटा विभिन्न स्थानहरुमा सिसिक्यामेरा जडान गर्नुको साथै प्रत्येक दिन २ घण्टा vigrus चेक गर्ने गरिएको छ।
८)प्रहरीले सिमावर्ति क्षेत्रमा आवशयकता अनुसार चेकजाँचमा वृद्धि गरि सिमानाका पुर्णरुपले गरेको छ।
९) पर्सा जिल्लामा रहेको बिसमिल्लाह क्रसर उधोग, गंगा बालुवा उद्योग , यादव क्रसर उधोग, सत्यम शिवम बालुवा उधोग , जय नेपाल बालुवा उधोग र पप्पु कन्सट्रक्सन गिट्टी बालुवा उदोग गरि ७ वटा क्रसर उधोग बन्द गराएको जनाएको छ।
१०) १६ क्युफिट काठको गुलिया सहित १ थान सवारि गरि १२ हजार ८ सय रुपैया बराबरको पक्राउ गरेको छ।
११) घरेलु मदिरा तयारी मदिरा २२ सय ३४ लिटर र कच्चापदार्थ ४६ सय ७० लिटर सहित २४ वटा मदिरा बनाउने भठी नष्ट गरेको हो।
१२) निरज पसवानलाई अपहरण गरि हत्या गरेको आरोपमा शिक्षक दिलिप पटेल र शयाम यादवलाई पक्राउ गरेको बताए।
१३) आफ्नो श्रिमतीलाई हत्या गरि मार्ने श्रिमान र देवरलाई पक्राउ गरेको छ।
१४) पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसार पोसारमा ३ वटा मुद्दा दर्ता गरि ८ जनालाई पक्राउ गरेको छ भन्ने अभद्र व्याहार१ मुद्दा दर्ता गरि ३० जना महिला र ५ जना पुरुषलाई पक्राउ गरेको छ ।त्यसैगरि हुण्डी १ जना मानिस सहित १२ लाख रुपैया बरामद गरि मुख्य उपलब्धि मूलक कार्य गरेको छ।
१५)ट्राफिक तर्फको प्रहरीले १९ वटा सवारी दुर्घटना बाट ३१लाख ६१ हजार ५ सय रुपैया राज्शव संकलन गरेको बताउनुभयो।
त्यसै गरि प्रहरी उपरीक्षक शाहले भन्छन आफुले बीरगंजमा पर्सा प्रहरीमा प्रमुखको कार्यभार सम्भालेदेखि बीरगंज लगाएत ग्रामीण भेगसमेत पर्सा जिल्लाको शान्ति सुरक्षा व्यवस्था कायम गरेको समेत दावी गरे ।उहाले प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पर्ने बताउदै आफुले पनि सोही गरेको उहाले बताउनुभयो।एक महिनाको कार्यकालमा शान्ति सुरक्षाको राम्रो रहको दाबी गरेपनि कति दिन सम्म सुरक्षा व्यवस्था कायम राख्नु हुनेछ हेर्न बाकि नै छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

