नवलपरासी, २९ पुस । पश्चिम नवलपरासीको सुस्ता स्थित श्री जनता दलित आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई आज न्यानो कपडा वितरण गरिएको छ। चौधरी फाउण्डेसनको सहयोगमा बिद्यालयमा कक्षा १ मा अध्यनरत ९१ जना छात्र छात्रालाई ट्रयाकसुट तथा टोपी उपलब्ध गराईएको हो ।
उक्त न्यानो कपडा वितरण गर्दै प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार सन्तुले सुस्ताको चौतर्फी विकासका लागी आगामी दिनमा समेत आफु जनप्रतिनिधी हैसीयतले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा समाजसेवी एवंम् चौधरी फाउण्डेसनकी सचिव सारीका चौधरीले फाउण्डेसन आवश्यकता अनुसार विभिन्न सामाजीक कार्यमा संलग्न रहदै आएकोले आगामी दिनमा समेत समाजका लागि विभिन्न गतिविधी गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
सो अवसरमा बिद्यालयका प्रधानअध्यापक उदय रुचाल, नेपाल महिला संघ नवलपरासीकी सभापति कमला पराजुली ,सोही वडाका वडा सदस्य आदम हुसेन खां लगायतकाले आ आफ्नो विचार राख्नुभएको थियो। २०५९ सालमा स्थापना भएको सो बिद्यालयमा ४०१ जना बिद्यार्थी अध्ययरत छन् । तस्विर संलग्न छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

