राष्ट्रिय दैनिक / नवलपरासी , २९ पुस
पश्चिम नवलपरासीको सुनवलमा आज विहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनवल नगरपालिका ४ स्थित जंगलमा ना ४ च ९६३१ नम्बरको पिकअप भ्यान र विपरित दिशाबाट आईरहेको ना ५ ख ९७१५ नम्बरको ट्रक एक आसपमा ठक्कर खादा सो दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी डिएसपी भोजराज पाण्डेका अनुसार पिकअप भ्यानका चालक चितवन भरतपुर महानगरपालिका १४ शिवनगरका ५२ वर्षीय राज कुमार वि.क को मृत्यु भएको हो।
दुर्घटनामा घाईते वि.कलाई उपचारको लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाईते भएका भरतपुर महानगरपालिका १४ शिवनगरका शिव श्रेष्ठको रुपन्देहीको देवदह मेडीकल कलेजमा उपचार भैरहेको छ । अत्याधिक चिसो र हुस्सुको कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

