समीर मल्ल/धनगढी,२९ पुस
पुर्खेली घर बझाङ बुङ्गल भैइ कैलाली कंचनपुरमा विभिन्न पेशमा आबद्ध उद्ध्योगी, व्यापारी, कर्मचारी ,तथा राजनीतिककर्मी लगायत सम्पुर्ण बुङ्गलबासी हरुलाइ मैत्रीपुर्ण खेलको माध्यमबाट जोड्ने र सु.प को सास्कृतिक पर्व माघी बिशेशको उपलक्ष्यमा भेटघाट गर्ने उद्देश्यले यहि मिति २०७९ पौष ३० गतेका दिन धनगढिको खुल्लामन्च ( कबर्डहलमा) मैत्रीपुर्ण बोकाकप भलिबल प्रतियोगिता र पेनाल्टी सुट( फुटबल) खेल आयोजना हुने भयकोछ ।
प्रतियोगिता ठिक १० बजेबाट सन्चालन हुने बुङ्गल सेवा समाज मुल समितिका उपाध्यक्ष शैलेन्द्र बहादुर सिंहले जानकारी गराउनुभयो ।
“स्वास्थ्यका लागि खेल रास्टका लागि खेल” सङ्गै सास्कृतिक पर्व माघिमा भातृत्व र बन्धुत्वको सम्बन्ध कायम राख्ने उदेश्यले शुभकामना आदानप्रदान गर्दै घ्यु चाकु र तरुल खायर मनाउने उपाध्यक्ष सिंहले बताउनु भयो ।
उपस्थित सम्पुर्ण सहभागी हरुलाई प्रमाणपत्र सहित बिजेतालाई उचित पुरुस्कारको ब्यबस्था पनि गरियको भन्दै उपाध्यक्ष सिंहले खेलप्रेमी लगायत समाज सङ्ग आबद्ध सम्पुर्णलाइ उपस्थितिको लागि अनुरोध पनि गर्नुभयको छ
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

