कृष्णनगर, २९ पुस
बढ्दो सवारी दुर्घटनामा कमी ल्याउन अस्थायी ट्राफिक प्रहरी पोष्ट कृष्णनगरले साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान शुरु गरेको छ ।
साइकलजस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढ्न सक्ने भन्दै कृष्णनगर देखि आर टि ओ सड्कमा गुड्ने साइकल उज्यालोमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियानको थालनी गरेको हो । अभियान अन्तर्गत ट्राफिक प्रहरी पोष्ट कृष्णनगर प्रहरी नायब निरीक्षक चुरामणी पोखरेल नेतृत्वको टोलीले आज ६० साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस गरेको थियो । रात्रि मा साइकल यात्रा गर्ने हुँदा दुर्घटना बढेको ठहर गर्दै यस किसिमको अवधारणा ल्याएको तथा अर्को हप्ता पुन साइकिलमा स्टिकर टांस गरिने जानकारी अस्थायी ट्राफिक पोष्ट कृष्णनगर प्रमुख प्रहरी नायब निरिक्षक हरि जिसिले जानकारी दिए l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

