Rashtriya Dainik

गैडहवा गाउँपालिकाको ११ औं गाउँ सभा सम्पन्न

तुलसीराम पौडेल / २८ पुस, रुपन्देही

रुपन्देही स्थित गैडहवा गाउँपालिकाको ११ औं गाउँसभा एवं हिउँदे अधिवेशन सम्पन्न भयो।
गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले एक कार्यक्रमका बीच गाउँ सभा एवं हिउँदे अधिवेशनको उदघाटन गर्नुभयो। सो अवसरमा शिक्षा ,स्वास्थ्य ,कृषि ,पर्यटन पुर्वाधार क्षेत्रको विकास संगै नीति निर्माण ,योजना संसोधन , योजना कार्यान्वयन सहित गाउँपालिकालाई समृद्धि बनाउन सक्रिय रूपमा लागेको गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले कृषि स्वास्थ्य पर्यटनको क्षेत्रमा गाउँपालिकालाई पहिचानको रूपमा स्थापित गर्न गाउँपालिका अगाडि बढेको बताउनु भयो ।
सम्पन्न ११ औ गाउँ सभा एवं हिउँदे अधिवेशनले चालु आर्थिक वर्षमा छुट्टाएको कुल बजेट मध्य हालसम्म पुजिगत ५.६८ र चालुतर्फ २३ प्रतिशत खर्च भएको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ।
कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्ष एव सदस्यहरुले आ आफ्नो विचार राख्नुभएको थियो ।
गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज पौडेलको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थिले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित