तुलसीराम पौडेल /रुपन्देही ,पौष २८
स्वास्थ्यकर्मी समाज लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भयो मोहनसिंह सुनारको अध्यक्षतामा १५ सदस्यीय सर्वसम्मत रूपमा स्वास्थ्यकर्मी समाज लुम्बिनी प्रदेश समिति गठन गरेको छ जसको उपाध्यक्ष खुल्लामा ध्रुबराज भण्डारी ,उपाध्यक्षमा ( गैरसरकारी ) ओम हरी भट्टराई ,सचीव वसन्त रावत ,कोषाध्यक्ष थानेस्वर न्यौपाने सर्वसम्मत हुनुभएको छ। त्यसै गरि सदस्य खुला रोल्पाको लागि जनक खनाल ,रुपन्देहीको लागि प्रान्सु ढकाल ,दाङको लागि सन्तोष भण्डारी ,बाकेको लागि एकराज भण्डारी ,कपिलवस्तुको लागि शिव प्रकाश चौधरी ,प्युठानको लागि सविता भट्टराई ,पाल्पाको लागि प्रशान्त घिमिरे ,अर्घाखाँचीको लागि निरन्जन विसी ,गैरसरकारी महिला तर्फ सरिता खनाल र खुलामा गणेश पौड्याल सर्वसम्मत हुनुभएको छ।नव निर्वाचित समितिलाई निर्वाचन मण्डलका अध्यक्ष पुस्पराज पौडेलले सपथ ग्रहण गराउनु भयो ।
स्वास्थ्यकर्मी समाजका केन्द्रिय सचिव यमलाल भट्टराईको अध्यक्षता,राप्ती गाउँपालिका प्रमुख प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रिय अध्यक्ष देवराज लामिछाने ,सचिव गोकुल पराजुली र आयुर्वेद व्यावसायी संघ लुम्बिनीका अध्यक्ष देव बहादुर बस्नेत लगायतले आयुर्वेद सम्बन्धि आ आफ्नो विचार सहित शुभकामना मन्तव्य दिनुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

