अारपि उपाध्याय /नवलपरासी , २८ पुस
पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ७ को आयोजनामा सञ्चालित टि/टेन क्रिकेट प्रतियोगिता अन्तर्गत विहिबार एक खेल सम्पन्न भएको छ ।
स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ नारायणी गण्डकी मावी त्रिबेणीको प्रांगणमा सुरु भएको क्रिकेट प्रतियोगिता अन्तर्गत आज त्रिबेणी क्रिकेट इलेवेन र कालिका युवा क्लब विष्णुनगर बीच खेल भएकोमा कालिका युवा क्लब विष्णुनगर विजयी भएको छ ।
त्रिबेणी ईलेवेनले टस जितेर पहिलो ब्याटिंग गर्दै निर्धारित १० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय १ रन बनाएको थियो ।
जवाफि ब्याटिंग गर्दै कालिका युवा क्लबले दोश्रो ईनिग्ंसमा ९ ओभर १ बल खेल्दै ५ विकेटको क्षतिमा निर्धारित लक्ष्य पुरा गरि ५ विकेटले खेल म्याच जितेको स्कोरर शेखर खत्रीले जानकारी दिनुभएको छ ।
विजयी कालिका क्रिकेट क्लबका अलराउण्डर खेलाडी विजय थापा मगरले ४६ रन बनाउदै दुई विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेकोमा म्यान अफ द म्याच घोषित भएको कालिका युवा क्लबका क्याप्टेन महेश क्षेत्रीले जानकारी दिनुभएको छ ।
वडा स्तरिय क्रिकेट प्रतियोगितामा विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ६ र ७ बाट १२ क्रिकेट टिमको सहभागिता रहेको आयोजकले जानकारी गराएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

