Rashtriya Dainik

चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा र पाटेबाघ मृत फेला

राष्ट्रिय दैनिक / २८ पुस

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एकसिङ्गे एउटा गैँडा र एउटा पाटेबाघ मृत फेला परेका छन् । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदीको बगरमा भाले बाघ मृत फेला परेको निकुञ्जले जनाएको छ ।

अन्दाजी १५ वर्षको भाले बाघ प्राकृतिक कारणले मरेको हो । यस्तै, चितवन राष्ट्रिय निकुञ्जको सौराह सेक्टरअन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जको कोर क्षेत्रमा एउटा एकसिङ्गे गैँडा मृत भेटिएको छ ।

बाघको आक्रमणका कारण गैँडा मरेको निकुञ्जले जनाएको छ । गैँडाको खाग भने सुरक्षित छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०७९/०८० मा मर्ने गैँडाको सङ्ख्या ८ वटा पुगेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित