Rashtriya Dainik

सुस्तामा पालिका स्तरीय बाल सन्जाल गठन , अध्यक्षमा गाैरव पाेख्रेल

राष्ट्रिय दैनिक / नवलपरासी , २८ पुस

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा पालिका स्तरीय बाल सन्जाल गठन भएको छ ।

बालबालिकाकाे चौतर्फी विकास, बाल अधिकार संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले गठन भएको ११ सदस्यीय क्लबको अध्यक्षमा गाैरव पाेख्रेल चयन भएका छन।

यस्तै उपाध्यक्षमा पाराे हरिजन , सचिवमा विसिका अाचार्य , सह–सचिवमा सिवधर बिन र कोषाध्यक्षमा खुशबु खातुन चयन भएकी छिन् ।

समितिका सदस्यहरुमा प्रिस्का पन्जियार , अन्सु अर्याल , माेनिका कण्डेल , अमित कुमार धाेबि , लच्मि भण्डारी र दिपेन्द्र हरिजन रहेका छन् ।

पालिका अध्यक्ष टेक नरायण उपाध्यायले बालबालिकाका सवालमा बालबालिकाद्वारा गरिने गतिविधि बढी प्रभावकारी हुने भएकाले हरेक क्षेत्रमा बालबालिकाको अर्थपूर्ण सहभागिता आवश्यक भएको बताए ।
बालबालिकाका सवालमा स्वयम् बालबालिका नै क्रियाशील भएर अघि बढ्दा यसले सकारात्मक सन्देश दिइने अध्यक्ष उपाध्यायले बताए ।

त्यस्तै उपाध्यक्ष गिता चाैधरीले बाल क्लबमार्फत बालबालिकाबीच अन्तरक्रिया, ज्ञान, सीप र सूचना प्रवाह हुनुका साथै उनीहरुको व्यवहारमा समेत परिर्वतन आउने बताउनुभयो । बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास र पालिकाबाट अधिकार सुनिश्चितताका लागि हमेशा साथ र सहयोग रहिरहने बताउनु भयो ।

सुस्ता गाउँपालिकाकाे प्रत्येक वडामा बाल सन्जाल गठनगरि १ थान झाेला , २ थान रजिस्टर , १ थान स्टयापलर ,पन्चिङ मेसिन , डटपेन लगाएतकाे अन्य शैक्षिक सामाग्री समेत हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित