Rashtriya Dainik

जाडो महिनामा हात–खुट्टा नतात्ने समस्याको समाधान यसरी गरौं

काठमाडौं, २८ पुस । जाडो महिनामा हात र खुट्टा हत्तपत्त नतात्ने धेरैको साझा समस्या हो । राति सुत्दा हात खुट्टा नतातेसम्म निन्द्रा नै पर्दैन । टाउको र शरीरका अन्य भाग न्यानो कपडाले ताते पनि हात–खुट्टा भने तात्नै मान्दैन ।

किन तात्दैन हात–खुट्टा ?

हात–खुट्टा नतात्नुमा रक्त संचारको मुख्य भूमिका हुन्छ । रक्त संचार भएर सबैभन्दा ढिलो हात र खुट्टामा पुग्ने भएकाले जाडो महिनामा धेरैलाई यस्तो समस्या आउँछ । जाडो बढेपछि हात र खुट्टाको रक्त नली खुम्चिन्छ । जसले गर्दा जाडोमा हात–खुट्टा नतात्ने हुन्छ । यो एकदमै सामान्य कुरा हो । हात–खुट्टा तातेन भनेर चिन्ता गर्नुपर्ने कुनै कारण छैन् । बरु यसबाट बच्न केही उपाय भने गर्न सकिन्छ ।

हात–खुट्टालाई न्यानो कपडाले ढाक्नुहोस्

जाडोमा हात–खुृट्टा चिसो हुने भएकाले तातो बनाउन बाक्लो कपडाले ढाक्नु पर्छ । हातमा पञ्जा र खुट्टामा बाक्लो मोजा लगाएर मात्र बाहिर निस्कने गरेमा नतात्ने समस्या कम हुन्छ ।

तेल मालिस

हात र खुट्टामा हल्का तातो तेलले मालिस गरेमा रक्त प्रवाह बढेर छिटो तात्ने हुन्छ । तोरीको तेललाई मनतातो बनाएर केही बेर हात र खुट्टामा मासिल गर्दा रक्त प्रवाह नलीको कडापन हट्छ । तेल मालिसले जाडोमा हात–खुट्टा फुट्ने समस्या पनि समाधान गर्छ ।

दैनिक कसरत गर्नुहोस्

हात–खुट्टा ढिलो तात्छ भने नियमति व्यायामलाई गर्नुहोस् । व्यायाम गर्दा रक्त प्रवाह ठिक हुने भएकाले हात–खुट्टा छिटो तात्छ । जाडो भनेर खुम्चेर बस्दा थप जाडो हुन्छ ।

आगो ताप्नुहोस्

हात–खुट्टा चिसो हुनबाट जोगाउन आगो ताप्न सकिन्छ । आगोभन्दा पनि इलेक्ट्रिक हिटरहरु ताप्दा राम्रो हुन्छ । ठाउँअनुसार जे सहज हुन्छ त्यसबाट शरीरलाई तातो पार्ने प्रयास गर्दा रक्त संचार पनि ठिक हुन्छ ।

मनतातो सिधे नुन पानी

सिधे नुनले पनि शरीरलाई भित्रबाट न्यानो राख्न मद्दत गर्छ । यसले शरीर सुन्निएको ठिक गर्नुका साथै जिउ दुखेको पनि निको पार्छ । मनतातो पानीमा सिधे नुन राखेर हात र खुट्टा डुवाउँदा छिटै तात्छ । हात–खुट्टा चिलाउने रोग पनि यसले हटाउँछ ।

खानामा पनि जोड दिनुहोस्

जाडोका बेला तिर्खा कम लाग्छ । त्यसैले पानी पनि कम पिउने गरिन्छ । तर, शरीरमा पानीको मात्रा कम हुनु राम्रो होइन । पानी कम हुँदा रक्त संचार पनि राम्रोसँग हुँदैन् । त्यसैले जाडो भन्दैमा पानी पिउने दर घटाउनु हुँदैन । जाडोमा आइरनयुक्त खानेकुरा पनि पर्याप्त सेवन गर्नुपर्छ । आफ्नो डाइटमा चुकन्दर, पालक, खजुर, ओखर, सोयाविन, स्याउजस्ता आइरनयुक्त खानेकुरा समावेस गर्नुपर्छ। (एजेन्सीको सहयोगमा)

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित