उत्तमकुमार थापा ,बझाङ
तलकाेट गाउँपालीका वडा नम्बर ७ बडिगाउँकाे आयाेजनामा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको आज दुई दिन बितेकाे छ ।
जनताको स्वास्थ्य लाई मध्यनजर राख्दै वडा कार्यालयले बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको स्वास्थ्यकर्मी लाेकेन्द्र कठायतले बताउनु भयाे । दाेस्राे दिन आज तलकाेटकाे धामी गाउँमा सञ्चालन गरिएको शिविरमा १४१ जनाले सेवा लिएका छन । सेवा लिनेमा महिला ९९ पुरुष ४० र भिडियो ऐक्स-रे १९ जनाले सेवा पाउनुका साथै अपांग २ जना सिफारिस हुनुभएको वडा अध्यक्ष लक्ष्मण बिष्टले बताउनु भयाे ।
यहीँ २६ गते बाट सञ्चालन गरिएको स्वास्थ्य शिविर यहीँ २८ गते सम्म सञ्चालन गरिने भएको छ । वडा नम्बर ७ गाउँपालीकाकाे सबैभन्दा दुर्गम वडा भएको कारण स्वास्थ्य सेवा सहित बृहत शिविर सञ्चालन गरिएको वडा अध्यक्ष बिष्टले बताउनु भयाे । आगामी दिनमा जनताको सेवामा निरन्तर गरिरहनु भएको छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

