Rashtriya Dainik

मत्स्यपालक कृषक र सरोकारवाला बिच अन्तरकृया : मत्स्य उत्पादन बढाउनमा जोड

नवलपरासी , २७ पुष । पश्चिम नवलपरासीमा मत्स्यपालक कृषक र सरोकारवाला बिच अन्तरकृयात्मक गोष्ठी सम्पन्न भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र नवलपरासीको आयोजनामा उक्त विज्ञकेन्द्र प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीको अध्यक्षता र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलका मत्स्य विकास अधिकृत रिम बहादुर थापाको प्रमुख अतिथ्यतामा उक्त गोष्ठी सम्पन्न भएको हो ।
उक्त अन्तरकृया गोष्ठी कार्यक्रममा जिल्ला भरिबाट मत्स्य पालक किसान, माछा व्यपारी र सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा मत्स्य उत्पादनको अवस्था, बजारीकरणको समस्या, उत्पादनमा बद्धि गर्ने उपायका बारेमा व्यापक छलफल भएको थियो ।
गोष्ठी कार्यक्रममा प्रमुख अतिथि रिम बहादुर थापाले कार्यपत्र प्रस्तुत गर्दै यस जिल्लालाई माछामा आत्मनिर्भर बनाउने निकै प्रबल सम्भावना रहेको जिकिर गर्दै माछाको उत्पादनमा बृद्धि गर्न कृषकहरुलाई आग्रह गरे ।
कार्यक्रममा विज्ञकेन्द्र प्रमुख श्रवण कुमार पोख्रेलले जिल्लामा माछाको उत्पादन बढाउन प्रदेश सरकारले विभिन्न लाभकारी तथा प्रभावकारी योजनाहरु ल्याएको बताउदै मत्स्य उत्पादनमा कृषकहरु आकर्षण बढनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पशु रोग अन्वेषण प्रयोगशाला प्रमुख डाक्टर उत्तम आचार्य, विज्ञकेन्द्रका अधिकृत सुरेश मिश्रा, विज्ञकेन्द्रकि नायब प्राविधिक सहायक निर्मला गिरी लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा सहभागी कृषक र सरोकारवाला बिच मत्स्य उत्पादन बढाउन र यसको बजारीकरणलाई फस्टाउने विषयमा व्यापक छलफल भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित