काठमाडौं । हालसम्मकै कम ३२ सिट मात्र जितेर तेस्रो भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता कार्यकर्तालाई हौस्याँउन पटकपटक भनिरहेका थिए– हामी निर्णाक भुमिकामा छौं, आत्तिनुपर्दैन् ।
‘प्रचण्ड’को नेतृत्वमा माओवादी केन्द्रले यसपटक हालसम्मकै कम ११.१३ प्रतिशत मत प्राप्त गर्यो । यो कुरा माओवादी जनका लागि निकै दुखद थियो ।
नेपाली राजनीतिमा चतुर खेलाडीको पहिचान बनाएका प्रचण्डले आज अर्को इतिहास कोरेका छन् । इतिहासकै कमजोर अवस्थामा रहेको माओवादीका अध्यक्ष प्रचण्ड आज ऐतिहासीक मत ल्याउँदै प्रधानमन्त्री बन्न सफल भएका छन् । २७० जनामा २६८ जनाको विश्वास दित्दै प्रचण्डले ‘प्रचण्ड’ बहुमत ल्याएका छन् ।
प्रतिनिधि सभाका दुई साना कम्युनिस्ट पार्टीहरु नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक सबै दलले प्रचण्डलाई विश्वासको मत दिए ।
प्रतिनिधि सभामा सदस्य संख्याका हिसाबले कमजोर हुँदै गएको माओवादीका अध्यक्ष प्रचण्डले झण्डै प्रतिपक्षीविहिन अवस्था बनाइदिनुले अबको राजनीति कता जाला भन्ने जिज्ञासा बढ्न थालेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

