Rashtriya Dainik

विनयी त्रिवेणी गाउँपालिका ७ वडा स्तरीय टि/टेन क्रीकेट प्रतियोगिता

अारपि उपाध्याय / नवलपरासी , २६ पुस
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका वडा न.७ को आयोजनामा वडा स्तरीय टि/टेन क्रीकेट प्रतियोगिता नारायणी गण्डकी मा.वि. त्रिवेणीको खेलमैदानमा मङ्गलबारदेखी प्रारम्भ भएको छ। विनयी त्रिवेणी गाउँपालिका वडा न.७ का वडा सदस्य प्रकाश गुरुङ्गको अध्यक्षतामा उद्घाटन समारोहमा वडा न.७ कि वडा सदस्य शोभा क्षेत्रीले खेलकुदको माध्यमबाट शारीरिक तन्दुरुस्तीको साथै अनुशासनको शिक्षा सिक्न सकिने विचार व्यक्त गर्नुभयो । सो अवसरमा त्रिवेणी स्टार क्लब भानुनगर ठट्टीयाखोलाका अध्यक्ष समेत रहनु भएका समाजसेवी राजकुमार राइले खेलकुदको माध्यमबाट युवा समुदायलाइ एकताको सुत्रमा बाध्न सकिने धारणा राख्नुभयो। विनयी त्रिवेणी वडा न.७ अन्तर्गतका १२ क्रीकेट टिमको सहभागीता रहेको प्रतियोगिता दस दिनसम्म सञ्चालन रहने स्टार क्लबका सदस्य शेखर खत्रीले जानकारी दिनुभएको छ। प्रतियोगिताको उद्घाटन खेल गोर्खा युवा क्लब शिवपुरगढी र त्रिवेणी स्टार क्लब भानुनगर ठट्टीयाखोलाबिच भएको थियो। टस हारेर पहिलो ब्याटिङ गरेको गोर्खा युवा क्लबले निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा ६५ रन बनाएको थियो। जवाबी ब्याटिङ गरेको त्रिवेणी स्टार क्लबले ७ ओभर खेल्दै २ विकेटको क्षतिमा ६६ रन बनाउदा त्रिवेणी स्टार क्लब ८ विकेटले विजय भएको आयोजकले जानकारी दिएको छ। खेलमा उत्कृष्ट ३७ रन बनाएका स्टार क्लबका ब्याट्सम्यान कृष्ण थापा म्यान अफ म्याच घोषित भएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित