Rashtriya Dainik

रोहित घिमिरेको ’सान्बाबु’ चर्चाको बटुल्दै

रोहित घिमिरेको ’सान्बाबु’ले लोकप्रियता कमाउँदै आएको छ ।

गीतकार रोहित घिमिरेको ‘सान्बाबु’ले अहिले चर्चाको बजारमा निकै लोकप्रियता कमाई रहेको छ । एक दशकको गिती लेखन यात्रामा कारीब ३ दर्जन भन्दा बढी गीतहरु रेकर्डिङ गराई सकेका गीतकार घिमिरे अहिलेका व्यस्त गीतकारमा पर्छन । सङ्गीतकार सिएल शर्मा सङ्गको सहकार्यमा उनले थुप्रै गीतहरु रेकर्डिङ गरी सकेका छन् र केहि रेकर्डिङ हुँदै छन ।

अन्जु पन्त, रचना रिमाल, अस्मिता अधिकारी, प्रतिमा केसी, प्रबिण बेडवाल, रवि शर्मा, शिव परीयार, प्रताप दास, प्रमोद खरेल, स्वरुप राज आचार्य, राग पौडेल लगायत चर्चित गायक÷गायिका सङ्ग काम गरी सकेका घिमिरेका अझै उत्कृष्ट गीतहरु रेकर्डिङ हुने तर्खरमा छन् ।   

करीब ६ महिना अघी  रेकर्डिङ सकिएको घिमिरेको रचना तथा सङ्गीतकार सिएल शर्माद्वारा सङ्गीतवद्ध  गीतमा पछिल्लो समयक निकै हलचलमा आएकी गायिका प्रतिमा केसी र चर्चित गायक प्रबिण बेडवालले स्वर दिएको ‘ सान्बाबु’ बोलको गीत सार्वजनिक भैसकेको छ । गीत सार्वजनिक भएको छोटो समयमै पनि यो गीतले लोकप्रियता जमाएको छ । सञ्जीव बराईलीको एरेन्जर र गिटार कार्य रहेको यस गीतमा किशोर थापाको मिक्स मास्टरिङ् रहेको छ । 
  
प्रकाश धितालले निर्देशन गरेको यस गीतको भिडियोमा केकी अधिकारी र उमेश भट्टको रोमान्स देख्न सकिन्छ ।  
त्यस्तै,उत्सव दाहालले छायांकन गरेको गाीतको भिडियो सम्पादन विकास दाहालले गरका हुन् । म्यूजिक भिडियोलाई डिभाइन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।  यो गीतको चर्चा सङ्गै गीतकार घिमिरेको लेखनले अझै उचाइ पाउने कुरामा कुनै दुइ मत देखिन्न ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित