Rashtriya Dainik

बझाङ नेपाली सेनाद्वारा बान्निमष्टा मन्दिरकाे सरसफाइ

उत्तमकुमार थापा /बझाङ, २६ पुस
नेपाली सेनाद्वारा बान्निमष्टा मन्दिरकाे सरसफाइ गरिएको हाे ।
आज एक कार्यक्रमका विच छविस पाथिभेरा गाउँपालीकामा रहेको बान्नी मष्टा मन्दिरमा बझाङ जिल्लामा रहकाे नेपाली सेना र नेपाल प्रहरीले सरसफाइ कार्यक्रम गरिएको हाे ।

छविसकाे पर्यटकिय स्थलको रुपमा हेरिएकाे चर्चित मन्दिर बान्नी मष्टामा विभिन्न चरणमा सरसफाइ गरिएको हाे । सदरमुकाम चैनपुर देखि करिब ४ घण्टा टाढा रहेको मन्दिरमा बिरभद्रजङ्ग गुल्मबाट उप-सेनानी महेश्वर कार्कीकाे नेतृत्वमा आएकाे टाेलीले सरसफाइ कार्यक्रम गरिएको स्थानीय लालबहादुर थापाले बताउनु भयाे ।

नेपाली सेनाकाे टाेली सहित प्रहरी चाैकी ब्यासीका प्रहरी सहायक निरिक्षक देवसिँह कुवरकाे नेतृत्वमा प्रहरी पनि उपस्थिति रहनु भएको थियाे । हाम्रो प्रम्परालाई जगेर्ना गर्दै,धर्मलाई सलाम गर्दै,चर्चित मन्दिर बान्नी मष्टाकाे सरसफाइले राम्रो सन्देश दिएको स्थानीयहरुकाे भनाइ छ । नेपाली सेनाले विभिन्न ठाउँमा गएर विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आउदा स्थानीयहरु नेपाली सेना प्रति आक्रशित सहित उत्साहित भएकोका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित