उत्तमकुमार थापा /तलकाेट , २६ पुस
तलकाेट गाउँपालीका वडा नम्बर ७ मा निशुलेक स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
तलकाेट गाउँपालीकाकाे वडा नम्बर ७ कार्यालयले निशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको लाेकेन्द्र कठायतले बताउनु भयाे । स्थानीय निर्वाचन सम्पन्न भए पछि नवनिर्वाचित वडा अध्यक्ष लक्ष्मण बिष्टले जनताको स्वास्थ्य चेकजाँच र स्वास्थ्यलाई मध्यनजर राख्दै शिविरकाे आयाेजना गरिएको उहाँको भनाइ छ ।

गाउँपालीकाकाे वडा नम्बर ७ काे किदन्नामा आज २६ गते देखि सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा विभिन्न वडा नम्बर ७ का अध्यक्ष लक्ष्मण बिष्टको अध्यक्षतामा सुरु भएको शिविरमा गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारी प्रमुख अतिथि रहनु भएको थियाे भने गाउँपालीका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिद्बराज भण्डारी बिशिस्ट अतिथि रहनुभएकाे हाे ।
स्थानीय जनताहरुकाे उपस्थिति रहकाे थियाे । आज २६ गते देखि सञ्चालन गरिएको शिविर २८ गते सम्म चल्ने जनताको घरघरमा गएर स्वास्थ्य परिक्षण गरिने वडा अध्यक्ष लक्ष्मण बिष्टले बताउनुभयो । आज मात्र सञ्चालन गरिएको शिविरमा १८१ जनाले सेवा लिएका छन भने ,जसमा ११६ जना महिला ६५ जना पुरुषले भिडियो ऐक्स-रे २५ जनाले ल्याब सहित १० जनालाई सेवा प्रदान गरिएको रमेश कठायतले बताउनु भएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

