Rashtriya Dainik

कृष्णनगर नगरपालिकामा गरिब असहाय ७० जनालाई ज्याकेट वितरण

कृष्णनगर, २६ पुस

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाबाट संचालन रहेको अप्सरा मिडिया प्रा. लि. ले कृष्णनगरमा आज गरिब असहायलाई जाडोमा न्यानो होस भन्ने उद्देश्य का साथ ७० जनालाई ज्याकेट वितरण गरिएको छ l

कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको अलहुदा पब्लिक स्कूलको हलमा सो ज्याकेट वितरण गरिएको छ l

दिन प्रतिदिन बढ्दै गएकाले गरिब, असहा तथा एकल परिवार रहेका व्यक्ति लाई ज्याकेट वितरण गरिएको तथा सो ज्याकेटबाट जाडोमा न्यानो हुने विश्वास अप्सरा मिडिया प्रा. लि. का अध्यक्ष संचार कर्मी शहबाज खान ले बताए l

ज्याकेट पाउदा आफू हरू खुसी भएको तथा यस्ता गरिब र असहाय लाई सहयोग गर्ने व्यक्ति थोरै मात्र रहेकाले आयोजक लाई हार्दिक धन्यवाद दिए l

उक्त ज्याकेट वितरण कार्यक्रममा मोहम्मद मुस्लिम, अमन खान, अनिसुर रहमान, कादिर खान, इन्जीनियर शइद अकतर, आमिर खान, अनेक पाण्डे, निरहु यादव, कमलेश चन्द गुप्ता लगायतको उपस्थित रहेको थियो l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित