Rashtriya Dainik

छविसकाे ११ अाैँ गाउँसभा हिउँदे अधिवेशन उदघाटन समारोह सम्पन्न

उत्तमकुमार थापा / पाथिभेरा , २६ पुस
छविस पाथिभेरा गाउँपालीकाकाे ११ अाैँ गाउँसभा तथा हिउँदे अधिवेशन उद्घघाटन समारोह सम्पन्न भएको छ ।

छविस पाथिभेरा गाउँपालीकाकाे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको हाे । गाउँपालीका अध्यक्ष बसन्त बहादुर चलाउनेकाे सभा-अध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न शिर्षकमा याेजना तथा कार्यविधि सम्वन्धि उपाध्यक्ष लक्षिमन बाेहराले प्रस्तुति राख्नु भएको हाे ।

गाउँपालीकाकाे अधिवेशन कार्यक्रम गाउँपालीका सभाहलमा सुरु भएको थियाे । सभा अध्यक्ष रहनु भएका चलाउनेले पार्षदहरुलाई सभामा प्रस्ट्ररुपमा कुरा राख्न अनुराेध गर्दै,आगामी दिनकाे बिकास सम्वन्धि सबैले हातेमालो गरेर अगाडि बढ्न निर्देशन दिनुभएको हाे । उपाध्यक्ष लक्षिमन बाेहराले,गाउँपालीकामा रहेका याेजना सहित कार्यविधिलाई राख्नु भयाे,यस गाउँपालीकाका लेखापाल मुकेश कुमार थापाले हाल सम्म गाउँपालीकामा भएकोकाे बेरुजु र तिर्नु पर्ने याेजनालाई सभामा राख्नु भयाे । साथै कार्यक्रम सञ्चालन पनि लेखापाल थापाले गर्नु भएको थियाे । बेरुजु सम्वन्धि प्रस्तुति राख्दै,करिव ७ लाख तिर्नु पर्ने र बाकी हिसाप फ्रचेउट गर्नु पर्ने देखिएकाे भन्दै, हामी नयाँ जनप्रतिनिधि भएको कारण सबैलाई सचेत हुन र आगामी दिनमा कसैले पनि बेरुजु आउने काम नगर्न आग्रह गर्नु भयाे ।

छविस पाथिभेरा गाउँपालीकाकाे गाउँसभामा विभिन्न बिषयमा रहेका कर्मचारी पत्रकार लगाएत सम्वन्धित ब्याक्तित्वहरु उपस्थिति रहनु भएको थियाे । सभामा सबै वडाका अध्यक्षहरुले आफ्नो भावना राख्नुका भएको थियाे । सभाले विभिन्न किसिमका प्रश्तावहरु पारीत गर्नुका साथै गाउँपालीकाकाे गाउँसभा सम्पन्न भए सँगै बन्दसत्र सुरु हुने गाउँपालीका प्रवक्ता करनजङ्ग बहादुर सिँहले बताउनु भयाे । उहाले याँहाकाे बिकास समृद्धिकाे लागि सबै जनप्रतिनिधि मिलेर अगाडि बढ्नु पर्ने दावि गर्दै जनताकाे सेवामा गाउँपालीका लागेको जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित