Rashtriya Dainik

जिल्ला प्रशासन कार्यालय नवलपरासीद्धारा विपन्न परिवारलाई न्यानो कपडा वितरण

राष्ट्रिय दैनिक / नवलपरासी , २६ पुस

पश्चिम नवलपरासीकाे रामग्राम र पाल्हीनन्दनका ४१ जना शितलहरबाट प्रभावित विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ।

चिसो मौसमका कारण शितलहरबाट प्रभावितलाई प्रतिकूल असरबाट जोगाउन न्यानो कपडा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले वितरण गर्नुभएको हाे ।

केही दिन देखी वढिरहेको चिसो तथा शितलहरलाई मध्यनजर गर्दै मंगलबार प्रमुख जिल्ला अधिकारी पोखरेल विपन्न परिवारलाई न्यानो कपडा बितरण गरेका हुन ।

विपन्न परिवारलाई कम्वल वितरण गर्नुहुदैँ पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल ,रामग्राम नगरपालिका वडा नं १ का २० परिवार , रामग्राम ७ का २ परिवार र पाल्हिनन्दन गाउपालिका वडा नं ३ का १९ परिवारलाई घरमै पुगेर न्यानो कपडा अन्तर्गत कम्वल र टिशर्ट बितरण गरीएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

न्यानो कपडा किनेर लाउन नसक्ने विपन्न परिवारका लागि थप १ हजार थान कम्बल खरिद प्रकृया अन्तिम चरणमा पुगेको उहाले बताउनुभयो । प्रमुख जिल्लाा अधिकारी पोखरेलले शीतलहर ब्यवस्थापनमा सहकार्यका लागि सम्बन्धित सवै संंग अनुरोध पनि गर्नुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित