Rashtriya Dainik

मधेशी समाज अस्ट्रेलियाको क्यानवेराकाे पहिलाे विस्तारित बैठक सम्पन्न : अध्यक्षमा रितेश ।

क्यानवेरा र आसपासका क्षेत्रमा वसाेवास गरिरहेकाे मधेशीहरुकाे समाजिक संस्था मधेशी समाज क्यानवेराकाे पहिलाे विस्तारित वैठक सम्पन्न भएकाे छ ।

वेलकनेन स्थित जाेन नाईट मेमाेरियल पार्कमा जनवरी ८ तारिक, आईतवार भएकाे विस्तारित वैठकले रितेश महताेकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे । क्यानवेरा भ्रमणमा रहनु भएका अभिभावकहरु र अन्य करिव ५० जना सदस्यहरुकाे उपस्थितिमा भएकाे वैठकले संस्थाकाे भावि याेजना उपर छलफल र सुझाव दिदै १३ सदस्यीय कार्य समिति गठन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा वन्दना सिंह र काेषाध्यक्षमा केशव साह रहेका छन् । त्यस्तै महासचिवमा भने प्रभाकर साह चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा बबिता कुशवाहा, निराजन यादव, सन्देश यादव,नागेन्द्र यादव, पवन साह, दिपेन्द्र साह र अजय यादव रहेका छन् ।
सल्लाहकार समितिमा भने विरेन्द्र साह, सन्ताेष देव, डा उदयनारायण यादव र महेश देव रहेका छन् । मधेशी समाज क्यानवेराका तदर्थ समितिका अध्यक्ष संताेष देवले अध्यक्षता गर्नुभएका विस्तारित बैठकमा अभिभावहरु लक्ष्मण महताे, रामउदगार यादव, रंजित कुमार दासले आ-आफ्नाे मन्तव्य राख्नु भएकाे थियाे

नाम यसप्रकार छ्न।
अध्यक्ष- रितेश महताे
उपाध्यक्ष- वन्दना सिंह
काेषाध्यक्ष – केशव साह
महासचिव- प्रभाकर साह
सदस्यहरु
बबिता कुशवाहा
जितेन्द्र सिंह
सन्देश यादव
निराजन यादव
नागेन्द्र यादव
अजय यादव
दिपन्द्र साह
पवन साह
नवनिवार्चित अध्यक्ष रितेश महताेले मधेशी समाज, क्यानवेराले गैर-आवासिय नेपाली संघ र अन्य समाजिक संस्थाहरुसंग निरन्तर साथ, सहयाेग र समन्वयन गरेर अगाडी वढ्ने बताउनु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित