Rashtriya Dainik

पश्चिम नवलपरासीमा ६ ओटा क्रसर उद्योग बन्द ।

राष्ट्रिय दैनिक/ नवलपरासी , २५ पुस
पश्चिम नवलपरासीमा अवैध रुपमा संञ्चालनमा रहेका ६ वटा क्रसर उद्योग बन्द गराईएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।

जिल्लामा कुल ७ वटा क्रसर उद्योग रहेकोमा एउटा यस अघिनै बन्द थियो । गृहको परिपत्रको पालना गर्दे नियमविपरित संञ्चालनमा रहेका क्रसर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बन्द गरिएका उद्योगलाई तिन दिन भित्र सक्कल कागजात सहित जिल्ला प्रशासन कार्यालयमा सम्प्रक राख्न भनिएको छ ।

सुनवल ११ को ईन्द्रणी क्रसर उद्योग, सुस्ता ५ को ओम गिट्टी क्रसर उद्योग, बर्दघाट १३ को ओम बालुवा प्रशोधन उद्योग, सरावल २ को मामा भान्जा बालुवा गिट्टी प्रशोधन तथा निर्माण सामाग्रि प्रालि, सुनवल ४ मा नारायणगढ बुटवल सडक आयोजनाको क्रसर र प्रतापपुर ९ मा हुलाकि सडक आयोजनाद्धाद्धरा संञ्चालित संञ्चालित क्रसरलाई बन्द गराईएको छ ।

सुनवल चारमा रहेको लुम्बिनी रोडा क्रशर उद्योग यस अघि देखिनै बन्द छ । जिल्लामा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरित कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् । यस्तै तोकिएको अवधि सकिएर पनि नविकरण नगराएका कपितय कतिपय उद्योग पनि सञ्चालनमा छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित