उत्तमकुमार थापा ,बझाङ,२५ पुस
बझाङ जिल्लाकाे तलकाेट गाउँपालीकामा कम्मल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालीकामा रहेका चिसाे माैषमलाई मध्यनजर गर्दै कम्मल वितरण गरिएको गाउँपालीका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिद्बराज भण्डारीले बताउनु भयाे । तलकाेट गाउँपालीकामा जाडो बढेसँगै,स्थानीय सरकारका गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारीले विभिन्न वडाका बस्ती बस्तीमा गएर कम्मल वितरण गर्नुभएको हाे । उपाध्यक्ष कुवरका अनुसार जाडाे माैषमकाे समयमा गाउँपालीकामा रहेका जेष्ठ नागरिक हरुलाई र गरिव विपन्नहरुलाई कम्मल वितरण गर्ने कार्यक्रम तय भएकाे गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारीले बताउनु भयाे ।
स्थानीय सरकार तलकाेट गाउँपालीकामा नयाँ जनप्रतिनिधि आएपछि,स्थानीय सरकारकाे अनुभुती भएको र जनता सँग जनप्रतिनिधि घरघरमा भेट्न आएरै आफुलाई न्यानो कपडा वितरण गरेको भन्दै बृद्धबृद्बाहरु खुसि भएका छन । पाैष ९ गते देखि न्यानो कम्मल वितरण वडा नम्बर १ देखि ७ सम्म बितरण गरेको र आज मात्र वडा नम्बर ४/५ मा कार्यक्रम गरेको उपाध्यक्ष भण्डारीले बताउनु भयाे । तलकाेट गाउँपालीकाकाे सहयाेगमा उपाध्यक्ष सहित प्रत्येक वडामा वडाका अध्यक्ष जनप्रतिनिधिहरु र महिला शाखाका कर्मचारी लगाएतकाे उपस्थिति रहेकाे थियाे । आज देखि अपांगता भएका ब्याक्तिकाे लागि शिविर सञ्चालन गरिएको छ ।
तलकाेट गाउँपालीकाले गरेको शिविर पहिलाे दिन खाैलामा गरिएको हाे भने २६ गते र २७ गते वडा नम्बर ६/७ मा सञ्चालन हुने वडा नम्बर ७ का वडा अध्यक्ष बिष्टले बताउनु भयाे । उपाध्यक्ष घरघरमा गएर बितरण गरिएको न्यानो कम्मल वितरण कार्यक्रममा १५० जनाले लाभ लिएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

