Rashtriya Dainik

मणि मुकुन्द कलेज बुटवलद्वारा सरस्वती प्रा. वि. वनदेवीका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

अारपि उपाध्याय / नवलपरासी , २५ पुस

मणि मुकुन्द कलेज जोगिकुटी बुटवलले पश्चिम नवलपरासी सुस्ता गाउँपालिका अन्तर्गत रहेको सरस्वती प्रा. वि. वनदेवीका विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरेको छ।

सुस्ता गाउँपालिका वडा न.१ का वडाध्यक्ष अशोक कुमार चौधरीको अध्यक्षतामा न्यानो कपडा ट्रयाकसुट वितरण गरिएको विद्यालयका प्रधानाध्यापक दुधनाथ महतोले जानकारी दिनुभएको छ।

सो अवसरमा मणी मुकुन्द कलेज बुटवलका प्रमुख टुकबहादुर क्षेत्रीले विपन्न समुदायका बालबालिकाहरुलाइ आन्सिक रूपमा भएपनी राहतको लागि न्यानो कपडा वितरण गरिएको बताउनु भयो।

क्याम्पस प्रमुख क्षेत्रीले वार्षिक कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण गरिएको बताउदै भविष्यमा पनि यो कार्यक्रमलाई थप निरन्तरता दिने प्रतिक्रिया दिनुभएको छ। विध्यालयमा अध्ययनरत १४७ छात्रछात्राहरु र विध्यालयका शिक्षकशिक्षिका तथा कर्मचारीहरुलाइ न्यानो कपडा ट्र्याकसुट वितरण गरेको विद्यालयले जनाइएको छ।

त्यसैगरी कलेजले सुस्ता १ वनदेवीका अति विपन्न २७ घरधुरीलाई पनि न्यानो कपडा सहितको प्याकेज वितरण गरिएको बताइएको छ।

सो अवसरमा न्यानो कपडा वितरण कार्यक्रमका संयोजक पशुपति चौधरी लगायत विध्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक लगायतको पनि उपस्थिति रहेको शिक्षक विष्णुमाया चौधरीले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित