Rashtriya Dainik

नेपाल आउँदै गरेको बस लखनउमा दुर्घटना, ठूलो हताहत भएको आशंका

धनगढी । भारतको गुजरातबाट टीकापुरका लागि छुटेको यात्रुबहाक बस लखनउमा दुर्घटना भएको छ । भारतको उत्तरप्रदेशको राजधानी लखनउबाट ३० किलो मिटर नेपालतर्फ दुर्घटना भएको खबर प्राप्त भएको छ ।

दुर्घटनामा ठूलो संख्यामा यात्रुको हताहत भएको आशंका गरिएको छ । सुदूरपश्चिमका स्थानीय बसमा नेपाल आउने गर्दछन् ।

पछिल्लो विवरणअनुसार भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना कैलालीका र एकजना भारतीय चालक रहेका छन् ।
कैलालीको टीकापुर ज्योतिनगरका ४० वर्षीय ललित साउँद व्यवसाय क्षेत्र बस्ने वर्ष ४५ का चन्द्र साउँद रहेका छन् । अन्य दुईजनाको सनाखत हुन नसकेको कैलालीका प्रहरी प्रवक्ता वेद जोशीले जानकारी दिए । शनिवार राति १२ बजे भारतको लखनउबा १४ किलोमिटर नेपालतर्फ यूपी उन्नाउ भन्ने स्थानमा बस दुर्घटना भएको हो । दुर्घटनामा करिब १५ जना घाइते भएको बताइएको छ । उनीहरूको उपचार भइरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित