Rashtriya Dainik

घट्यो हवाई भाडा

काठमाडौं ,२५ पुस
निजी क्षेत्रका वायु सेवा कम्पनीहरूले आन्तरिक हवाई भाडा दर घटाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रूपैयाँ घटाएपछि वायु सेवा सञ्चालक संघले हवाइ भाडा दर घटाएका हुन्।

यससँगै नयाँ भाडादर आगामी बुधबार अर्थात पुस २७ गतेबाट लागू हुनेछ। धनगढी–काठमाण्डौँको ८८५ रूपैयाँले भाडा घटेको छ।

नयाँ भाडादरअनुसार काठमाडौं माउन्टेन फ्लाइट ६८५ रूपैयाँले घटेको छ। योसँगै उक्त रूटको भाडादर १४ हजार २०५ रूपैयाँ पुगेको छ। त्यस्तै, काठमाडौं–भद्रपुर भाडा ६ सय रूपैयाँ, काठमाडौं–विराटनगर ४८५, काठमाडौं–जनकपुर २६० रूपैयाँ, काठमाडौं–भरतपुर २१५ रूपैयाँ, काठमाडौं–पोखरा ३२० रूपैयाँ घटेको छ।

त्यसैगरी काठमाडौं–भैरहवाको नयाँ भाडादर ८ हजार २६५ रूपैयाँ तोकिएको छ। उक्त रूटको भाडादर हालको भन्दा ४४० रूपैयाँले घटाइएको हो।

काठमाडौं–नेपालगञ्जको भाडादर ६५५ रूपैयाँ, काठमाडौं–धनगढीको ८८५ रूपैयाँ, काठमाडौं–तुम्लिङटारको ३७० रूपैयाँ, काठमाडौं–सिमराको १८० रूपैयाँ, काठमाडौं–सिमराको १८० रूपैयाँ, काठमाडौं–सुर्खेत ६९० रूपैयाँ र काठमाडौं–राजविराज रूटको भाडादर ४११ रूपैयाँले घटाइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित