Rashtriya Dainik

मुस्लिमलाई मधेशी क्लस्टरमै राख्न आग्रह

ललितपुर , २५ पुष । मुस्लिम आयोगले मुस्लिमलाई मधेशी कोटामा नै आरक्षणलाई निरन्तरता दिन गृहमन्त्रालयलाई पत्र पठाएको छ ।

मुस्लिम समुदाय मधेशी क्लस्टरमा नरहेको भन्दै आयोगले मधेशी कोटामा नै आरक्षणमा राख्न गृहलाई पत्र काटेको हो ।

आयोगले गृहलाई पत्र पठाएपछि चौतर्फी आलोचना भइरहेको छ ।आयोगले मधेशमा रहेका जातजातिको क्लस्टर तयार गरी त्यसको प्रतिवेदनसमेत बुझाएको थियो ।

आयोगले मुस्लिमहरु मधेशी होइनन्, उनीहरुको छुट्टै क्लस्टर र पहिचान रहेको भन्दै विरोध भएको थियो ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी तथा त्यसका सदस्यहरुले पनि सो निर्णयको विरोध गरेका थिए । थारु आयोगले पनि विरोध जनाएको थियो । चौतर्फि विरोध हुन थालेपछि मधेशी आयोगले मुस्लिम तथा थारुलाई मधेसी समुदायको क्लस्टरबाट हटाएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित