Rashtriya Dainik

नवलपरासीमा घाम लाग्दा चिसोबाट राहत

राष्ट्रिय दैनिक / नवलपरासी , २५ पुस

पश्चिम नवलपरासीमा आज (साेमवार) हिजो अस्तीको तुलनामा चिसो केही कम भएको छ ।

पातलो मात्रामा हुस्सु लागेर बिहानैदेखि घाम लागिरहेकाले चिसो कम महशुस भएको हो । नवलपरासीकाे सुनवल , बर्दघाट , परासी ,गाेपिगन्जसहित जिल्लाभर नै तुलनात्मक रुपमा आज चिसो कम भएको स्थानीयले बताएका छन् ।

यस क्षेत्रमा विगत ४÷५ दिनदेखि कठ्यांग्रिदो चिसो हुँदा बालबालिका, वृद्धवृद्धा, बिरामी, विपन्न, दलित, मजदुरलगायत प्रभावित भइरहेका छन् ।

अाज घाम लाग्दा काम गर्नमा सहज महसुस भएको सुनवल सामुदायिक बिकास केन्द्रकाे अपांगता समावेशी बिकास परियोजना संयाेजक श्यामसुन्दर ढुङ्गानाले बताउनु भएको छ।

घाम देखिनासाथ जाडोले कुँजिएका वृद्धवृद्धा घाम ताप्न घर बाहिर निस्केका छन् ।

गरिबी र अभावले जाडो छल्न सकस परेका बस्तीमा एकाबिहानै झलमल्ल घाम देखिएपछि खुुशी छाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित