Rashtriya Dainik

पुस २७ गते सार्वजनिक बिदा

काठमाडौ ,२५ पुस

केही वर्षदेखि कटौती भएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सर्वजनिक बिदा दिइने भएको छ ।

सत्तारुढ दलहरु २७ पुसमा सार्वजनिक विदा दिन सहमत भएको बताइएको छ ।

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने गठित कार्यदलले २७ पुसमा सार्वजनिक विदा दिने सहमति जुटेको हो ।

नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने निर्णय भएको बताइन्छ ।

राप्रपाले सरकारमा सहभागिताका लागि राखेका शर्तहरुमा २७ पुसमा सार्वजनिक विदा पनि थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित