Rashtriya Dainik

पाचौं गाउँले तथा वडा स्तरिय फुटबल प्रतियोगिता सम्पन

ज्ञानेश्वर सहानी /नवलपरासी , २४ पुस

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित पाचौं गाउँले तथा वडा स्तरिय फुटबल प्रतियोगिता सम्पन भएको छ ।

पाचौं गाउँले तथा वडा स्तरिय फुटबल प्रतियोगिताका अध्यक्ष देव नारायण लोनियरको अध्यक्ष्यता तथा लुम्बिनी प्रदेश सदस्य खड्का बस्नेतको प्रमुख आतिथ्यता एव रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव , उपमेयर सम्झना चाैधरीको विशिष्ट अातिथ्यता रहेको थियोे ।

प्रतियोगितामा बन्किङ पाटनर ज्योती बिकास बैंकले सहयोग गरेको साझा युवा क्लबको अध्यक्ष देव नारायण लोनियरले बताउनुभयो।

खेलकुदकाे लागि महत्त्वपूर्ण कुरा खेलमैदान हाे दुर्भाग्यकाे कुरा यो छ कि सबैभन्दा पुरानो रामग्राम नगरपालिका भित्र खेलमैदान छैन । मेयर ज्युले खालि तामझाम देखाउने र जनतालाई प्रत्यक्ष अनुभुती हुने काम नगरिदिदा सबै जनतामा गुनासो अाएकाे छ भन्दै क्लबको पुर्ब सचिव उपेन्द्र सहानीले मन्तव्य राख्नु भएको थियो ।

सम्पन प्रतियोगितामा श्री सम्मे मैयाँ युवा क्लब अहिराैलीले प्रथम पुरस्कर ४० हजार रुपैयाँ नगद , साझा युवा क्लब पचगाँवाले दृतिय पुरस्कर २० हजार नगद रासि नगरपालिका नगरप्रमुख धनपत यादवले हस्तान्तरण गर्नु भएको थियो भने कार्यक्रम संचालक साझा युवा क्लबको सचिव भिम नारायण चाैधरीले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित