Rashtriya Dainik

नवलपरासीको सुनवलमा बनिरहेको सडक नाला निर्माणमा अनियमितता

नवलपरासी, २४ पुस

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वार्ड नं.१ काशीपुर स्थित सडकको नाला निर्माणमा कम गुणस्तरको इट प्रयोग गरि अनियमितता भई रहेको स्थानियले आरोप लगाएका छन् नाला निर्माण गर्दा दोयम इटको प्रयोग गरि अनियमितता भईरहेको स्थानियले आरोप लगाएका हुन्।

सम्बन्धित प्राविधिकहरुले बेला बेलामा निर्माण कार्य नहेरिदिदा अनियमितता भएको स्थानिय अमर बहादुर थारुले बताए।

बेला बेला प्राविधिकहरुले हेरिएको भए ठेकेदारले बदमासी गर्दैन्थ्यो, उनले भने, तर ठेक्का दिए पछि सबै काम ठेकेदारलाई नै सुम्पिए पछि ठेकेदारले कमसल समाग्रिको प्रयोग गरि धेरै नाफा कमाउने सोच बनाउछन् नै तर सरकारी निकायमा बसेका ठेकेदारले नियमित अनुगमन गर्नु पर्ने हो, त्यो काम नहुदा यस्तो अनियमितता बढको बताए ।

उनले शुरुको नालामा दोयम इट प्रयोग भएको देखाउदै भने गाँउलेले हल्ला गरे पछि अहिले इटामा केही सुधार गरेको छ ।

दुगाँले पर्खाल नालाको पर्खाल बनाउन चालेको छ तर दुगाँले बनाउदा कति सिमेन्टको प्रयोग गरिरहेको बाले पनि कतिसम्म हेरेर बस्ने ? शुरुमा बनाएको नाला फेरी नभत्काई त्यही कायम राखेको छ, उनले त्यो भत्काएर अउवल इटबाट जोड्न लगाउनु पर्छ ।

सुनवल नगरपालिकाले नेपाल सरकार ससर्त अनुदान कार्यक्रम तराई मधेश समृद्धि कार्यक्रम अन्तरगत सो काम गराउदै आएको छ। बुटवल सिमेन्ट मिल देखी रामग्राम जोड्ने सडक ढलान कालोपत्रे योजनाको लागि एस. आर देउराली कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि शिवराज र कपिलबस्तुले ठेक्का लिएको छ ५५ लाख ९२ हजार ६८ म स्वीकृत योजनामा पिसि र भ्याट सहित ४९ लाख ८ हजार ४ सय ८ रुपियामा ठेक्का सकार गरेको होर्डिग बोर्डमा उल्लेख गरिएको छ । २०७२ मंसिर ७ गते सम्झौता भई २०८० जेठ ३२ गते भित्र सम्पन्न गर्ने गरि म्याद रहेको छ।

सरकारले पुरै दररेट खुलाएर ठेक्का दिईन र ठेकेदारले ठेक्का जसरी पनि पार्ने गरि घटेर ठेक्का लिन्छन् धारु भन्छन् घटेर ठेक्का लिने ठेकेदार काममा आएर ठग्न बढि नाफा कमाउन खोज्दा यसमा नगरपालिकाको प्राविधिकले पनि प्रलोभनमा परि उनीहरुको कामलाई अनुमोदन गरिदिन्छन त्यो दुःखद कुरा हो, उनले थपे आफ़ घटेर ठेक्का लिइने ठेकेदार प्रति प्राविधिकले दवाप प्रभावमा परेर दया देखाउनु किन पछ..?

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित