राष्ट्रिय दैनिक / नवलपरासी , २४ पुस
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ मा थारु सम्बत् २६४६ औँ नयाँ वर्ष तथा थारु समुदायको महान चार्डपर्व खिचडी (माघी) पर्वको उपलक्ष्यमा “शुभकामना आदानप्रदान एवँ माघी मिलन कार्यक्रम” सम्पन्न भएको छ ।

थारु मिलन केन्द्र नेपाल र थारु कल्याणकारीणी सभा नवलपरासीको संयुक्त अायाेजनामा शनिवार सरावल १ तुलसीनगरमा अवस्थित थारु मिलन केन्द्र नेपालको सभाहलमा शुभकामना आदानप्रदान एवँ माघी मिलन कार्यक्रम” भएको हाे।

थारु मिलन केन्द्र नेपालको अध्यक्ष राधेश्याम चौधरीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य एवं थारु कल्याणकारीणी सभा केन्द्रीय उपाध्यक्ष देवीप्रसाद थारुकाे प्रमुख अातिथ्यता र सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीकाे विशिष्ट अातिथ्यतामा कार्यक्रम भएको हाे।

कार्यक्रममा देवराज थारू, सुर्यमन थारु, उत्तमा राय, गिता पंजियार, कृष्ण दत्त थारु, पुरन प्रसाद चौधरी , गणेश चौधरी लगाएतले खिचडी (माघी) पर्वको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

थारु कल्याणकारीणी सभा जिल्ला अध्यक्ष मुन्द्रिका प्रसाद थारुकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन थाकस जिल्ला सचिव कन्हैया प्रसाद चौधरीले गर्नुभएको थियो ।



राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

