राष्ट्रिय दैनिक / नवलपरासी , २४ पुस
शितलहर चलेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले सर्वसाधारणका लागि आगो ताप्न दाउरा वितरण गरेको छ ।

हरियाली सामुदायिक वन तथा जिल्ला बन कार्यालय नवलपरासीको सहकार्यमा दाउरा ल्याई चाेक चाैरहा तथा मानिसहरु जम्मा हुने स्थानमा आगो ताप्नकाे लागि केही स्थानमा दाउरा वितरण गरिएको हो ।

शितलहरबाट बच्न र जाडोको समयमा काम विशेषले घरबाट बाहिर निस्कनुपर्ने सर्वसाधारणलाई मध्यनजर गर्दै दाउरा वितरण गरिएको पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताए ।
सरावल गाउँपालिकाका केही चाेक चाैरहामा दाउरा वितरण भएपनि पालिका भित्रका अति विपन्न समुदाय , अन्य चाेक चाैरहा तथा मानिसहरु जम्मा हुने स्थानमा दाउरा नपुगेको हुनाले स्थानीयहरु दाउराको पर्खालमा समेत रहेका छन

नवलपरासीमा अत्यधिक जाडो र हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

