Rashtriya Dainik

निःशुल्क आँखा शिविर सम्पन्न

प्रिन्स मिश्रा
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१० लालपुरमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । शिवराज नगरपालिका–१० को सहयोगमा सञ्चलित सो शिविरमा २५० जनाको आँखाको परीक्षण गराउँदा ८२ जनामा मोतियाबिन्दु फेला परेको वडा अध्यक्ष मंजू मिश्राले जानकारी दिनु भएको छ ।
मोतिया बिन्दुको समस्या देखिएका बिरामीको रण अम्बिका आँखा अस्पताल कृष्णनगरमा निःशुल्करुपमा शल्यक्रिया हुने बताइएको छ । शिविर शिवराज नगरपालिका वडा नं १० को सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन भएको लोसपाका केंद्रीय नेता रवि दत्त मिश्राले जानकारी दिनु भएको छ । शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुगेको मिश्राको भनाइ छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित