२३ पौष, बाँके । बाँकेको नेपालगञ्जबाट संचालित जि नेपाल टेलिभिजन आँखा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित भएको छ ।
आँखा स्वास्थ्य तथा अन्धोपनका बारेमा उक्त सञ्चारमाध्यम टेलिभिजनले उत्कृष्ट योगदान पुर्याएको जनाउदै नेपाल पत्रकार महासंघ बाँकेको १३ औं साधारणसभामा शनिवार सम्मानित भएको हो । महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखे्रल र बाँकेका अध्याक्ष दामोदर भण्डारीले टेलिभिजनका प्रमुख आषिश गुप्तालाई सम्मानित गरेका हुन ।
नेपाल नेत्र ज्योती संघ, फत्तेबाल आँखा अस्पताल नेपालगञ्जसंगको सहकार्यमा स्स्थापना भएको आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार, २०७९ बाट विद्युतीय सञ्चार माध्यम जि नेपाल टेलिभिजनका प्रमुख गुप्तालाई नगद राशि रु ५ हजार सहित सम्मानित गरिएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

