Rashtriya Dainik

त्रिबेणी बहुमुखी सहकारी संस्थाको २० औँ साधारण सभा तथा नेतृत्व चयन

अारपि उपाध्याय / नवलपरासी , २३ पुस

पश्चिम नवलपराससीको सुस्ता गाउपालिकामा रहेको त्रिबेणी बहुमुखी सहकारी संस्थाको २० औँ साधारण सभा तथा नेतृत्व चयन कार्यक्रम शनिबार कुडियामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष प्रेमचन्द्र गुप्ताको अध्यक्षता तथा सुस्ता गाउपालिका अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष उपाध्यायले सहकारीले निर्धारण गरेको मापदण्ड अनुसार गरिने आर्थिक क्रियाकलापले राम्रो नतिजा निकाल्न सकिने धारणा राख्दै गरिबि उन्मुलन गर्ने उदेश्यबाट खोलिएका सस्थालाई समय सापेक्ष अनुगमन गरिने बताउनुभयो ।

साथै उहाँले सहकारीलाई परिणाममुखी बनाउन सञ्चालकको अहम भुमिका हुने हुदा सञ्चालक र शेयर सदस्य सस्था केन्द्रित हुनुपर्ने धारणा राख्नु भयो।

सो अवसरमा सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्व प्रकाश पौडेलले सामुहिक प्रयासबाट गरिने नतिजामुखी कार्य नै सहकारीको मर्म रहेको बताउदै सहकारीले शेयर सदस्य केन्द्रित कार्य गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सस्थाका ब्यवस्थापक यज्ञ प्रसाद उपाध्यायले १ करोड २८ लाख ८ हजार बराबरको आर्थिक आय ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सुस्ता ३ का वडाध्यक्ष हरिलाल दुषाद, पुर्व अध्यक्ष राम बहादुर जर्घा मगर, सञ्चालक समिति सदस्य राम अवध गुप्ता, सल्लाहकार सुरेन्द्र प्रसाद गुप्ता, डिल्लीराम काफ्ले लगायतले मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन नारायण प्रसाद भण्डारीले गर्नुभएको थियो । सस्थामा कुल ५ सय ८० शेयर सदस्य आबद्ध रहेको समेत बताइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित