Rashtriya Dainik

भृकुटी कृषि सहकारीको १६ औं वार्षिक साधारण सभा

तुलसीराम पौडेल / सियारी, पौष २२

रुपन्देहीको सियारी गाउँपालिका -७ स्थित भृकुटी कृषि तथा पशु विकास सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भयो ।सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले साधारण सभाको उदघाटन गर्नुभयो।
सो अवसरमा बोल्दै अध्यक्ष घिमिरेले किसानको स्तर परिवर्तन गर्नका लागि ल्याएका योजना कार्यान्वयन गर्न गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।
कार्यक्रममा सियारी गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष शेरबहादुर गुरुङ ,शुद्दोधन बचत तथा ॠण सहकारी संस्थाका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष कृष्ण नेपाल ,समीप बचत तथा ॠण सहकारी संस्थाका उपाध्यक्ष सुर्यनारायण यादव ,नारी एकता महिला विकास वचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष हुमाकान्ती भुर्तेल ,उत्तम महिला कृषि सहकारी संस्थाकी अध्यक्ष बिष्णु कुमारी क्षेत्री लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को १ करोड ८२ लाख १० हजार ८६ रुपैयाँ ९१ पैसा बराबरको आयव्यय पारीत गरेको छ। यस सहकारीले ४ लाख ७१ हजार १८ रुपैयाँ ७८ पैसा विशुद्द नाफा गरेको छ। साधारण सहकारीका संस्थापक सदस्यहरु, असल कारोबारीलाई सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष अविराम विकको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता, सियारी गाउँपालिका वडा नम्बर -६ का अध्यक्ष शेरबहादुर गुरुङको विशिस्ट आतिथ्यता, सहकारीका कार्यसमिति सदस्य ध्रुव नेपालको स्वागत मन्तव्य ,अध्यक्ष अविराम विकबाट वार्षिक प्रतिवेदन प्रस्तुत ,कोषाध्यक्ष श्रीराम न्यौपानेबाट आर्थिक प्रतिवेदन प्रस्तुत ,लेखा समिति संयोजक ॠषि न्यौपानेबाट लेखा प्रतिवेदन प्रस्तुत रहेकोे कार्यक्रमको संचालन सचीव इन्द्रा रानाभाटले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित