राष्ट्रिय दैनिक / नवलपरासी , २२ पुस
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ कुश्मामा सेमरहवा बाबा धर्मशाला उदघाटन गरिएको छ।
स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७५/०७६ मा देवेन्द्रराज कण्डेलबाट बिनियोजित रु २५ लाख योजनाबाट धर्मशाला निर्माण कार्य सम्पन्न भएकोले बिहिवार साे धर्मशाला उदघाटन गरिएको हाे।

पाल्हीनन्दन गाउँपालीका नेपाली कांग्रेस सभापति हरिहर चौहानको अध्यक्षता तथा पुर्व गृहराज्यमन्त्री एव नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य देवेन्द्र राज कँडेलकाे प्रमुख अातिथ्यतामा एक कार्यक्रम बिच नेता कण्डेलले साे धर्मशालाकाे उदघाटन गर्नुभएको हाे।

धर्मशाला उदघाटन गर्दै नेता कण्डेलले वदलिदो परिवेशमा सार्वजनिक कार्यका लागि यस किसिमका धर्मशाला खांचो रहेको वताए ।सार्वजनिक सम्पत्तिको निर्माण मात्रै गरेर हुँदैन यसको संरक्षण पनि गर्नुपर्ने बताएका थिए । उनले समाजमा सार्वजनिक सम्पत्तिको संरक्षणमा खासै चासो नदिने गरेको बताउदै सार्वजनिक सम्पत्ति संरक्षण भए त्यसको उपभोग स्थानीयले नै गर्न पाउने र यसले विकासको आधार पनि तयार हुने बताए ।

त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्त बैजनाथ जैसवालले नवलपरासीको कृषि , स्वास्थ्य , खानेपानी, बाटाेघाटाे ,मठ, मन्दिर, शिक्षा क्षेत्र विकासमा काङ्ग्रेस नेता कण्डेलकाे महत्त्वपूर्ण कार्य गर्नुभएको उल्लेख गर्दै यस क्षेत्रको विकासमा उहाँको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

धर्मशाला उदघाटन कार्यक्रममा समाजका बुद्धिजीवीहरु लगायत स्थानीय जनताहरुको उल्लेखनीय सहभागिता रहेको थियोे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

