नवलपरासी , २१ पुस
पश्चिम नवलपरासीको गोबरहिया प्रहरी चौकीले लेडिज ब्रा, क्याप सहित अबैद्ध माछा नियन्त्रणमा लिएको छ ।
जिल्लाको सरावल गाउपालिका वडा नम्बर ४ मंगलापुर क्षेत्रबाट लेडिज ब्रा क्याप १ सय ७० बण्डलमा ५ हजार १ सय ३६ जोर, २ सय ५० केजी मैदा बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका निमित प्रहरी उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभएको छ ।
प्रहरीद्धारा बरामद गरिएको समानको मुल्य ८८ हजार रहेको र उक्त समाग्रीलाई आवश्यक कार्यवाहीको लागी महेशपुर भंसार कार्यालय बुझाइएको छ ।
‘प्रहरी प्रशासन मिलेपछि यहाँ जे पनि सीमानाकाबाट वारपार गर्न सम्भव छ। प्रहरीको आँखा अगाडिबाटै सीमानाकाकाको विभिन्न बाटो प्रयोग गरि तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार हुने गरेकाे छ,’ नाम नलेख्ने शर्तमा स्थानीयले जानकारी दिइएका छन।
नाकाबाट अहिले दिनदहाडै तस्करहरु चिनी, कपडा, मोटरपार्टस् लगाएतकाे सामान भन्सार राजश्व छली गरी वारी (नेपाल ) भित्र्याइन्छ ।
यसका साथै रातभरि पिकपमा चिनी लगाएतकाे समान दुवानी गरिरहेकाे स्थानीय सबैलाई जानकारी भएकै कुरा हाे। स्थानीयकाे अनुसार रातभरि पिकअप र मोटरसाइकल मार्फत समानहरु विभिन्न स्थानसम्म ढुवानी हुन्छ।
‘सुरक्षाकर्मीबाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि सामान ढुवानी सुरु हुन्छ। सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि खटिएका हुन्छन्,’ सडक छेउमै घर भएका एक स्थानीयले भने, ‘तस्करीका सामान बोकेका गाडीको धुलोधुँवा र हर्नले राति र दिउँसो स्थानीयलाई सास्ती दिएकाे छ। प्रहरीलाई खबर गरे पनि नियन्त्रण गर्न चासाे दिएका छैनन्।’
‘लाइन क्लियर’ रहेको संकेतकाे साथसाथै सामान स्कटिङ् गराउनेमा गाेबरहिया प्रहरीचाैकीकाे पनि ठुलो हात रहेको स्थानीय बताउछन् ।
विभिन्न नाकाबाट लाखौंको चीनी अबैध रूपमा नेपाल भित्राईदा नेपाली प्रहरी र भारती प्रहरी मुख दर्शक बनी तमासा देखि रहेको स्थानीय भन्छन। सो क्षेत्रमा बिगत लामो समयदेखि दिनहुँ चीनीको पिकपका पिकप- ट्रकका ट्रक चीनी भन्सार छली नेपाल भित्राउने गरेको स्थानीय बताउछन। यश कार्यमा प्रहरी प्रशासन मौन देखिनु भनेको पक्कै आर्थिक प्रलोभनमा परेको बुझिन्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

