राष्ट्रिय दैनिक / नवलपरासी , २१ पुस
पश्चिम नवलपरासीको परासीमा अपांगता समावेशीता तथा अपांगता अधिकार सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
युनाइटेड मिसन टु नेपालको सहयोग , सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजना एवं अपांगता समावेशी विकास परियोजना अन्तर्गत कार्यक्रम गरिएको हाे।

सुनवल सामुदायिक बिकास केन्द्रकाे सचिव जयराम बस्यालकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख भगाैती यादव (रूदल) काे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पाख्रेल , प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव , पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक ) , उपाध्यक्ष फातुमा खातुन अन्सारी , प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चाैधरी , प्रमुख प्रशासकीय अधिकृत द्धय पर्शुराम पाेख्रेल , चिरञ्जीवी घिमिरे दुवै पालिकाका वडा अध्यक्ष , स्वास्थ्यशाखा प्रमुख तथा अपांगता भएका ब्यक्तिहरुकाे सहभागीता रहेको अपांगता समावेशी विकास परियोजना संयाेजक श्यामसुन्दर ढुंगानाले जानकारी दिनुभएको हाे।

५६ जना सहभागीता रहेको कार्यक्रमकाे सहजिकरण युनाइटेड मिसन टु नेपाल थापाथलीका अपांगता समावेशीकरण विज्ञ वीर नेपाली र कार्यक्रम ब्यवस्थापक अन्जना श्रेष्ठले गर्नुभएको थियोे ।

अपांगता समावेशी विकास परियोजना संयाेजक श्यामसुन्दर ढुंगानाकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन पुनरस्थापन संयाेजक राधा सापकोटाले गर्नुभएको थियोे ।

अपांगता समावेशी विकास परियोजना पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकाकाे सम्पूर्ण वडामा लागू रहेको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

