Rashtriya Dainik

नवलपरासी प्रहरीकाे ठुलो सफलता , लेडिज ब्रा प्रहरीकाे फन्दामा

नवलपरासी , २१ पुस

पश्चिम नवलपरासीको गोबरहिया प्रहरी चौकीले लेडिज ब्रा, क्याप सहित अबैद्ध माछा नियन्त्रणमा लिएको छ ।

जिल्लाको सरावल गाउपालिका वडा नम्बर ४ मंगलापुर क्षेत्रबाट लेडिज ब्रा क्याप १ सय ७० बण्डलमा ५ हजार १ सय ३६ जोर, २ सय ५० केजी मैदा बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका निमित प्रहरी उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभएको छ ।

प्रहरीद्धारा बरामद गरिएको समानको मुल्य ८८ हजार रहेको र उक्त समाग्रीलाई आवश्यक कार्यवाहीको लागी महेशपुर भंसार कार्यालय बुझाइएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटेको प्रहरी टोलीले सरावल ४ हात्तिवनबाट ६ हजार मुल्य बराबरको एक पेटी अबैद्ध माछा र रामग्राम नगरपालिका वडा नम्बर १६ लालपाटि बाट १५ हजार मुल्य बराबरको ५२ गोटा ब्रोइलर कुखुरा बरामद गरि पशु क्वारेन्टाइन महेशपुर पठाई पशु क्वारेन्टाइन कार्यालयको रोहबरमा खाल्डो खनि नष्ट गरिएको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित