बुटवल,२१ पुस ।
लुम्विनी प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा रहेका संचारमाध्यमहरुलाई अनुदानका वितरणका लागि सूचि सार्वजनिक गरेको छ । पत्रिका, एफ.एम रेडियो, टेलिभिजन र अनलाईन पत्रिका गरी १ सय ८१ वटा संचारमाध्यम अनुदानका लागि आन्तरिक मामिला कानुन तथा संचार मन्त्रालयमा दर्ता भएका छन् ।
ती मध्ये ४९ वटा संचारमाध्यम सूचिकृत भइसकेका छन् भने १ सय ३२ वटा संचारमाध्यमलाई अपुग कागजात पु¥याउनका लागि एक हप्ताको सूचना प्रकाशन गरिएको छ । अपुग कागजात पु¥याउने संचारमाध्यमले तोकिएको समयावधिभित्र कागजात पेश गरेमा अनुदानका लागि स्वतः छनौट हुनेछन् ।
मन्त्रालयका संचार शाखा प्रमुख शाखा अधिकृत तुल्सीराम पौडेलका अनुसार सवै संचारमाध्यमका लागि चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट अनुदानका लागि विनियोजन गरिएको छ । संचार माध्यमलाई अनुदान वितरण कार्यविधि २०७८ र दोस्रो संधोधन (२०७९)को परिधिमा रहेर अनुदान वितरण हुने पौडेलको भनाई छ ।
यस अघिको अनुदान वितरणमा अनलाईन पत्रिका समेटिएका थिएनन् । तर, चौतर्फी विरोधपछि मन्त्रालयले चालु आर्थिक वर्षदेखि अनलाईन संचारमाध्यमलाई पनि अनुदानमा समेट्ने निर्णय गरेको हो ।
अनुदानका लागि ३८ वटा पत्रिका, ७९ वटा एफ.एम रेडियो, १६ वटा टेलिभिजन र ४८ वटा अनलाईन पत्रिका मन्त्रालयमा दर्ता भएका छन् । पत्रिका र अनलाईनका लागि ५० लाख, रेडियोका लागि १ करोड र टेलिभिजनका लागि ५० लाख रुपैयाँ बजेट विभाजन गरिएको छ ।
रेडियो र टेभिजनकामा प्रशारण हुने कार्यक्रम उत्पादनका लागि प्रतिस्पर्धाको माध्यमबाट संस्था छनौट हुने पौडेलले जानकारी दिए । कार्यक्रम उत्पादनका लागि टेभिजिनलाई १५ लाख र रेडियोलाई ५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

