Rashtriya Dainik

जाडो बढेपछि नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका विद्यालय एकसाता बन्द

उमेश बि.क /नवलपरासी , २० पुस

पश्चिम नवलपरासीको पाल्हिनन्दन पालिकाभित्रका विद्यालय एक सातासम्मका लागि बन्द हुने भएका छन् ।

जाडो बढेपछि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै पुस २१ देखि २९ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पाेख्रेल बताए ।

गाउँपालिकाले बुधबार सूचना जारी गर्दै मौसम प्रतिकुल भइ जाडो बढेकाले हिउँदे बिदा हुने गरी पुस २१ देखि २९ गतेसम्म विद्यालयहरू बन्द रहने जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित