हरिकिशोर शर्मा / जिराभवानी , २० पुस
पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले छापामारी गरि ठूलो परिमाणको भार्तिय चिनी र मैदा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम शाखाका बरिस्ठ प्रहरी नायब निरीक्षक बिनोद सिंहको नेतृत्वमा गएको प्रहरी टोलिले जिराभवानी गाउँपालिका वार्ड नम्बर १ बलुवाका स्थानीय गुलबहार मिया तेलिको घरमा छापामारी गरि १३ बोरा चिनी १२ बोरा मैदा बरामद गरेको हो।
बरामद गरिएको चिनी र मैदालाई आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा पठाउने तैयारी भैरहेको जिल्ला प्रहरी कार्यालयको मतहतमा रहेको प्रहरी चौकि महादेवपटि इन्चार्ज अजय कुमार पासवानले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

