नेपालगंज , २० पुस
नेपालगंजमा बांके जनमत पार्टीद्वारा बधाई तथा शुभकामना कार्यक्रम गरिएको छ । प्रतिनिधी सभाका सदस्य तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा माननीय मंत्री अब्दुल खानलाई बांकेमा सम्मान गरिएको हो । प्रतिनिधी सभामा समानुपातिक तर्फबाट निर्वाचित खाँनलाई जनमत पार्टी बांकेका अध्यक्ष पहलाद यादव तथा बांके क्षेत्र नम्बर ३ ख के पर्देश सांसद पदका प्रत्यासी सह्बुद्दिन अनसारी सहितका नेता तथा कार्यकर्ताले नेपालगंज(१२ मा रहेको सुनाखरी कटेजमा बधाई तथा सुभ कामना कार्यक्रममा सम्मान साथै आगामी कार्याकालको शुभकामना प्रदान गरिएको हो ।
सो अबसरमा बोल्दै पार्टी अध्यक्ष यादवले खाँन निर्वाचित भएसंगै समग्र जनमत पार्टीका कार्यकर्तामा उत्साहा थपिएको बताउँनु भयो । यादवले जनताको पक्षमा निरन्तरकाम गर्न र संसदमा जनताको अवाज उठाइदिन निर्वाचित सांसद खाँनलाई आग्रह गर्नुभयो ।
जनमत पार्टी बांकेका वरिस्ट नेता सह्बुद्दिन अनसारीले जनमत पार्टीले विगत देखी उठाएका मुद्धाहरुलाई सम्बोधन गर्ने बेला आएको र सबै समस्याहरुलाई राष्ट्रिय राजनीतिमा दरिलो गरि उठाउन आग्रह गर्नुभएको लिमरा खबरलाई अनसारीले बताए । मंत्रि अब्दुल खाँनले पार्टी र जनताको विश्वासलाई कायम राखेर अगाडी बढ्ने बताउनु भयो ।
मंत्रि अब्दुल खाँनले आफूहरु जनताको लागी राजनीतिक तथा समाजिक अधिकारको साथै बिकासका लागि निरन्तर संघर्ष गरेकोले आगामी दिनमा पनि सशक्त भुमिका निभाउने बताउनु भयो । कार्यक्रममा जनमत पार्टी बांकेका सचिव सहित जनमतका नेता ,कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो आयोजकले जनाएको छ । जनमत पार्टी बांके युवा नेता तेज नारायण कडेलले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

