Rashtriya Dainik

विनयी त्रिबेणी गाउपालिका ६ मा न्यानो कपडा वितरण

अारपि उपाध्याय / नवलपरासी , २० पुस

पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ६ वडा कार्यालयको आयोजनामा जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत न्यानो कपडा वितरण कार्यक्रम बुधबार देखी त्रिबेणीमा सुरु भएको छ ।

समाजिक सुरक्षा भत्ता बाट लाभान्वित भएका जेष्ठ नागरिकहरुलाई न्यानो टोपी सहितको ज्याकेट वितरण गरिएको हो ।

वडा नम्बर ६ को वडाध्यक्ष नुरेन्द्र शाहको अध्यक्षता तथा वडा नम्बर ७ का वडाध्यक्ष उमेश कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कायक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले हाम्रो अभिभावकको रुपमा रहनुभएका जेष्ठ नागरिकहरुलाई जाडोबाट बच्न वितरण गरिएको न्यानो कपडा आशिंक रुपमा भएपनि चिसोको मौसममा सहयोगी हुने धारणा राख्नुभयो ।

सो अवसरमा नेपाली कांग्रेसका विर बहादुर ठकुरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भोज बहादुर थापा क्षेत्री, वडा सदस्य विष्णु प्रसाद चौलागाई, जेष्ठ नागरिक बुद्धिसागर उपाध्याय लगायतले मन्तब्य राख्नुभएको कार्यक्रम सञ्चालक पशु शाखा त्रिवेणीका नायव प्राविधिक बाबुराम पौडेलले जानकारी दिनुभएको छ ।

चालु आर्थिक बर्षमा २ सय ५४ जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्ने लक्ष्य रहेको वडा कार्यालयले जानकारी गराएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित