नवलपरासी , २० पुस
पश्चिम नवलपरासीको सुनवलमा अवस्थित लुम्बिनी चिनीमिलमा स्थानीयले लगाएकाे ताला मध्य रातमा खोलिएपछी अाज साे स्थानमा तनावग्रस्त बनेको हाे।
चिनिमिलबाट निस्केको कालो धुलो व्यवस्थापन गर्नेगरि सञ्चालन गर्ने सहमति गरेपनि सहमति बिपरित उद्योगले जनताको स्वास्थ माथि गम्भीर खेलबाड गरेको भन्दै सुनवलका स्थानियहरुले बिरोध सोरुप चिनिमिलको गेटमा पुष १९ गते ताला लगाएका थीए ।
तर मंगलवार राती बिना सहमति र जानकारी ताला खोलिएपछी स्थानीयले पुन बुधबार बिरोध गरेका छ्न्।
पश्चिम नवलपरासीका प्रदेश सभा सदस्य खड्ग बस्नेत र सुनवल नगरपालिका प्रमुख बिमला अर्याललाई स्थानीयले प्रश्न गरेका छ्न् ।
किन ताला खोलियो´ एक स्थानीयले भने `हिजो बिरोध गर्दै ताला लगाइएको थीयो तर सुनवलका आफुलाइ नेता भन्नेहरुले जनताबिना के सहमतिमा ताला खोलेछ्न् हाम्लाइ जानकारी भएन´ उनले भने चिनीमिल देखी निस्केको कालो धुलो व्यवस्थापन गर्ने सहमति भएमात्र उद्योग चल्न दिइने छ ।
उद्योगले उखु क्रसिङ्ग गर्दा इन्धनको रुपमा प्रयोग गरेको भुसबाट कालो धुलोको कणहरुका कारण स्वास्थ्यमा समेत प्रतिकुल असर पर्नुकासाथै लगाएका तरकारी, घर भित्र कालो धुलो टासिदाँ स्थानीयले सास्ती बेहोर्दै आएको बताएका छ्न् ।
यता उद्योगले भने धुलो व्यवस्थापन गर्न मेसिन ल्याएको र सो को परिक्षण गर्न पाँच दिन समय लाग्ने बताएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

