राष्ट्रिय दैनिक / नवलपरासी , २० पुस
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ९ बेलाटारी श्रीमद्प्रज्ञापुराण पावन कथा एवं चौबिसकुण्डिय गायत्री महायज्ञ हुने भएको छ।
प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकाको संयुक्त आयोजनामा अाजदेखि श्रीमद्प्रज्ञापुराण पावन कथा एवं चौबिसकुण्डिय गायत्री महायज्ञ हुने भएको छ।
गायत्री परिवारद्वारा व्यक्ति-व्यक्तिको मानवीय गरिमालाई बोध गराउन एवं उत्कृष्ठ जीवन जिउने तरिकालाई हृदङ्गम गराउनका लागि शान्तिकुञ्ज हरिद्वारको तत्वाधानमा चार दिवसीय प्रज्ञापुराण कथा र चौबिस कुण्डीय गायत्री महायज्ञको आयोजना गरिने भएको छ।
यज्ञको साथमा समस्त संस्कारहरु पुंसवन, नामाकरण, मुण्डन, अन्नपाशन, विद्यारम्भ, दीक्षायज्ञोपवित, जन्मदिन, विवाह दिवश पनि निशुल्क गराइनेछ ।
विहान १० बजे देखि, मंगल कलश यात्रा ,साँझ ७ बजे देखि १० बजे सम्म युग संगित एवं प्रज्ञा पुराण कथा ,बिहान ८ बजे देखि ११ बजे सम्म, गायत्री महायज्ञ दिउसो २ देखि ३ बजे सम्म गोष्ठी तथा साझ ७ बजे देखि १० बजे सम्म युग संगित एवं प्रज्ञा पुराण कथा हुने अायाेजकले जनाएको छ।
त्यस्तै बिहान ८ बजे देखि ११ बजे सम्म, गायत्री महायज्ञ दिउसो २ देखि ३ बजे सम्म अध्यापक तथा विद्यार्थीहरुको संयुक्त गोष्ठी र साँझ ५ बजे दीपदान महायज्ञ ,बिहान ८ बजे देखि ११ बजे सम्म, गायत्री महायज्ञ विभिन्न संस्कार र अन्तः टोली विदाई गरिने छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

